After SEE Portal

प्रहरीले सामुदायिक विद्यालयमा सञ्चालन गरे सचेतनामूलक प्रशिक्षण

Bridge Course

जाजरकोट । लागुऔषध दुर्व्यसनविरुद्ध जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा सचेतना प्रशिक्षण सञ्चालन गरेको छ । माध्यमिक तहमा विद्यार्थीलाई लक्षित गरेर सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए । 

विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरेको खत्रीले बताए ।

 एकहोरो पाठ्यपुस्तक मात्र रटेर बसेका विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबिरुद्ध सचेतना प्रशिक्षणले नयाँ ज्ञान आर्जन भएको त्रिभुवन माविका विद्यार्थीहरु बताउछन । 

लागुपर्दाथ सेवन, मानव बेचविखन तथा औसारपसार कसरी हुन्छ भन्ने विषयमा ज्ञान हासिल गरेका छन् । समाजमा हुने विभिन्न किमिसका अपराधजन्य कुरा, कानुनमा भएको सजायको व्यवस्थाका विषयमा जानकारी पाएका छन ।  

जाजरकोटका सामुदायिक विद्यालयहरुका कक्षा ८, ९ , ११ र १२ अध्यनरत  विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गरिएको छ । प्रहरीले कक्षाकोठामा विद्यार्थीलाई लागुऔषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागुऔषध मानिसले के कारणले गर्दा सेवन गर्ने गर्छन ?

 लागुऔषध सेवनपश्चातका लक्षण, कुलतमा फसेकालाई सुधार्न के गर्न सकिन्छ भन्ने उपाय साथै लागुऔषधको सेवन, बिक्रीवितरण तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित कानुन र सजायको व्यवस्था बारेमा जानकारी दिँदै आएको जाजरकोट प्रहरी प्रमुख खत्रीले बताए ।

 लागुऔषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, विद्यालय र अन्य सरोकारवाला निकायले खेल्नु पर्ने भूमिका लगायतका विषयमा केन्द्रित गरि प्रशिक्षण दिइएको उनको भनाइ छ ।

 झण्डै १२ देखि १९ वर्ष उमेरदेखि नै युवा लागुपदार्थको दुर्व्यसनीमा फस्ने गरेकोले विद्यालय तहबाटै यसको निराकरणका लागि प्रहरीले चलाएको कार्यक्रम प्रभावकारी बनेको विद्यालयका शिक्षकले बताए । यो कार्यक्रमले सकरात्मक सन्देश छाएको भन्दै अभिभाबक हरु पनि धेरै खुसी भएका छन् ।

A Levels MA