After SEE Portal

चितवनका १८ सामुदायिक विद्यालय समायोजन

Bridge Course

चितवन, १८ भदौ (रासस) ः जिल्लामा यस शैक्षिकसत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ । 

शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका तीन÷तीन वटा विद्यालय समायोजन गरिएको हो । 

इकाइका संयोजक दीपेन्द्र सुवेदीका अनुसार एउटा विद्यालयमा १५ जनाभन्दा कम विद्यार्थी रहेका र थोरै विद्यार्थी भएर आधा घण्टाको दूरीमा अर्को विद्यालय रहेकाले समायोजन गरिएको हो । ती विद्यालय समायोजनसँगै ४० जना शिक्षकलाई अन्य विद्यालयमा पठाइएको छ । जसका कारण अन्य विद्यालयमा भएको शिक्षकको अभाव पूर्ति गर्न सहज बनेको उहाँले बताउनुभयो । 
हाल जिल्लामा एक लाख ३८ हजार विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७२ हजार सामुदायिक विद्यालयमा पढ्छन् । तीनसय ७७ सामुदायिकसहित ५४८ विद्यालय यहाँ छन् । 

A Levels MA
Thuprai - Books and E-books