After SEE Portal

​जुम्लाका सामुदायिक विद्यालयमा सुधार

Bridge Course

जुम्ला जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएको छ । स्थानीय तह र गैरसकारी संस्थाको समन्वयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भएपछि शैक्षिक अवस्थामा सुधार आएको हो ।

पढाइ राम्रो हुँदैन, शिक्षक योग्य हुँदैनन् भन्ने सोचले यहाँका अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयमा हिजोआज विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १७० सामुदायिक विद्यालय छन् । अधिकांश विद्यालय दुर्गममा छन् ।

विगतमा ती विद्यालको शैक्षिक अवस्था निकै कमजोर थियो । शिक्षा परियोजना लागू भएपछि शैक्षिक अवस्थाले फड्को मारेको छ । शङ्कर आधारभूत विद्यालय पातारासीका प्रधानाध्यापक हरिबहादुर बुढा गाउँमै पढाइ शिविर सञ्चालन गरिएपछि बालबालिका विद्यालय आउने वातावरण बनेको बताउनुहुन्छ । “बालबालिका निकै उत्साहित भएर विद्यालय आउन थालेका छन्”, उहाँले भन्नुभयो, “यहाँ शनिबारसमेत पठनपाठन गरिन्छ । बालबालिकाको विद्यालयमा पहुँच बढ्दै गएको छ ।

A Levels MA
Thuprai - Books and E-books