After SEE Portal

शिक्षक अस्पतालका लागि ठाउँ खोज्न समिति गठन

Bridge Course

शिक्षकहरुका लागि अस्पताल बनाउन ठाउँ खोज्न एक समिति गठन गरिएको छ । उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।

सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए ।

‘शिक्षक अस्पतालका लागि दुई महिनाको समयअवधि दिइएको छ,’ सचिव थपलियाले भने, ‘उपयुक्त जग्गा व्यवस्थापन हुनेवित्तिकै काम शुरु हुन्छ ।’

समितिले देशका मुख्य शहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ ।

‘अस्पतालका लागि कस्तो जग्गा चाहिन्छ भनेर हामीले डा. विमल चालिसेको संयोजकत्वको समिति बनाएका छौं,’ सचिव थपलियाले भने,‘ काठमाडौं, चितवनलगायतका शहरमा जग्गा खोज्ने काम हुन्छ ।’

शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब ३ लाख बढी शिक्षकहरु लाभाम्बित हुने भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक मार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए ।

यस्तै सोमबार मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ । कार्यालयको भवन निर्माणका लागि सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–५ कालिका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको कित्ता नम्बर ८६७ को १०३४ व.मी क्षेत्रफल भएको जग्गा व्यवस्थापन गरिएको हो ।

सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरि कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यवासायीक तालिम परिषद्का सदस्य सचिव जीवनरायण काफ्लेले जानकारी दिनुभयो ।

 

 

A Levels MA
Thuprai - Books and E-books