After SEE Portal

त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन

Bridge Course

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियोे । कात्तिक १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेबारी दिएको छ ।  बढीमा तीन महिनाका लागि मन्त्रिपरिषदले भुषाललाई उक्त पदको जिम्मेबारी प्रदान गरेको हो ।

A Levels MA