After SEE Portal

निजी तथा सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गरिने

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत विद्यालय र सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गर्ने भएको छ । केन्द्रले कोभिड- १९ को खोप तयारीका लागि विवरण संकलन गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत पुस ६ गते स्वास्थ्य सेवा विभागबाट कोभिड-१९ को खोप तयारी सम्बन्धी कार्यका लागि सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकहरुको नामावली माग गरेको हुनाले केन्द्रले सबै स्थानीय तहमा रहेका शिक्षा शाखा तथा विभागलाई विवरण माग गरेको शिक्षक व्यवस्थापन समन्वय शाखाका अधिकृत भुवनेश्वर जोशीले बताए ।

सो विवरणमा आफ्नो शिक्षण संस्थामा कार्यरत बालविकास सहयोगी कार्यकर्ता देखि लिएर सस्थागत विद्यालयको मन्टेश्वरी स्तरसम्मको सबै शिक्षक कर्मचारीको विवरण नछुटाई पठाउन हिजो नै सबै स्थानीय तहलाई निर्देशन दिइसकिएको अधिकृत जोशीले बताए ।

A Levels MA
Thuprai - Books and E-books