A Levels MA

तत्काल विद्यालय बन्द गर्न सांसदहरुको माग

प्रतिनिधि सभाका सांसदहरुले तत्काल विद्यालय बन्द गर्न माग गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरस महामारीका रुपमा  फैलिएको भन्दै सांसदहरुले विद्यालय बन्द गर्न माग गरेका हुन् । विद्यालयमा विद्यार्थी भिड हुने क्षेत्र रहेको भन्दै संक्रमणको जोखिम हुने भएकाले विद्यालय बन्द गर्न माग गरेका हुन् ।

प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्षि दल काग्रेंसका सांसद भीमसेनदास प्रधानले भने,‘ विद्यालय क्षेत्रमा विद्यार्थीको घुइचों हुन्छ । र, भिड हुने क्षेत्र हो । त्यसैले विद्यालयमा जाेखिम हुने भएकाले तत्काल बन्द गर्नुपर्छ ।’

Thuprai - Books and E-books