After SEE Portal

कक्षा ८ को परीक्षा स्थगित

Bridge Course

गोकर्णेश्वर नगरपालिकाले सञ्चालन गर्दै आएको नगरस्तरीय आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा कार्यक्रम  अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

नगरपालिकाको आजको निर्णयानुसार सो परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको हो ।

नगरपालिकाले सो परीक्षाको तालिका आगामी १६ गते देखि सञ्चालन गरेर २४ गतेभित्र सक्ने गरी सार्वजनिक गरेको थियो । कोरोनाको बढ्दो संक्रमण र सोही दिनदेखि जिल्ला प्रशासन कार्यालयले निषेधआज्ञा जारी गरेको हुनाले बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले परीक्षा स्थगित गरिएको शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्यले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् ।

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको अर्का एक मन्त्रीले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books