After SEE Portal

कक्षा १२ को उत्तर पुस्तिका परीक्षण प्रभावित,  बागमतीमा आंशिक अन्य प्रदेशमा ठप्प

Bridge Course

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य पूर्ण रुपमा प्रभावित भएको छ ।

विभिन्न १८ बुँदे माग सहित आन्दोलनरत हिस्टुनले आजदेखि  आव्हान गरेको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण कार्य प्रभावित भएको हो । हिस्टुनको आन्दोलनका कारण बागमती प्रदेशमा आंशिक प्रभावित भएको भए पनि अन्य ६ प्रदेशमा पूर्ण रुपमा ठप्प भएको हिस्टुनले जानकारी दिएको छ ।

हिस्टुनका  सदस्यले राष्ट्रिय  परिक्षा बोर्ड, प्रदेश परिक्षा व्यवस्थापन शाखा बिरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेशको उत्तरपुस्तिका परिक्षण कक्षमा तालाबन्दी गरेका छन् । बोर्डको सुदुरपश्चिम, विराटनगर लगायतका प्रदेश कार्यलयमा समेत परीक्षण कार्य पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष टिका न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार कक्षा १२ को उत्तर पुस्तिका असार १९ गते सम्म परीक्षण हुने छैनन् । 

सरकारलाई दवाव दिने उद्देश्यले घोषणा गरेको आन्दोलनका  कारण बागमती प्रदेशमा आंशिक परीक्षण भएको अन्य प्रदेशमा पूर्णरुपमा ठप्प भएको  हिस्टुनका महासचिव शंकर तिवारीले  बताए । ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेका छौं ।’ ‘उनले भने, बागमती प्रदेशमा पनि केही साथीहरूले मात्र परीक्षण गर्न पुग्नु भयो तर परीक्षण भएन ।’

सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको भरमा कक्षा ११ १२ सञ्चालन गर्नुपर्दा सम्रग शिक्षाको गुणस्तर प्रभावित भए र लामो समय काम गरेका शिक्षकको योगदानको समेत कदर नभएको हुँदा बाध्य भएर आन्दोलन गर्नु परेको हिस्टुनका अध्यक्ष टीका न्यौपानेले बताए ।

संघीय शिक्षा ऐनमा साविक उमावि (कक्षा ११ र १२) मा अध्यापनरत शिक्षकको समस्या सम्बोधन हुनु पर्ने र संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्न रुपमा कार्यरत शिक्षकलाई उमावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिनुपर्ने (विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दीमा गनिनुपर्ने) र अध्यपन अनुमति पत्र नभएका शिक्षकलाई विस्थापित नगर िस्थापना गर्नुपर्ने माग सहित चरण बद्ध आन्दोलनमा उत्रिएको अध्यक्ष न्यौपानेले बताए ।

 

 

A Levels MA