A Levels MA

कक्षा १२ को नतिजा भोलि

राष्ट्रिय परीक्षा बोर्डले भोलि शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्ड सूत्रका अनुसार नतिजा सार्वजनिक गर्न भोलि बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ ।

बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन् । नयाँ सचिव यादव कोइराला हिजोमात्र शिक्षा मन्त्रालयमा बहाली गरेका थिए ।

आज सचिव कोइराला परीक्षा बोर्ड पुगेका थिए ।इडियुपत्रले पाएको जानकारी अनुसार सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले भोलि नतिजा सार्वजनिक गर्ने भएको हो ।

बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका थिए । विभिन्न कारणले करिब १० हजार विद्यार्थीले परीक्षा नदिएपछि परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएको बोर्डले जानकारी दिए ।

Thuprai - Books and E-books