A Levels MA

कक्षा १२ को नतिजा आज

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गरिने जानकारी दिए ।

बोर्डका अनुसार परीक्षा सार्वजनिक गर्न आज विहान ९ बजे बोर्ड बैठक डाकिएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरेर वेबसाइटमा राखिनेछ ।

यसपटकबाट बोर्डको र नेपाल टेलिकमको वेबसाइटमा मात्र नतिजा हेर्न सकिनेछ । “अन्य अनलाइनलाई नदिने निर्णय भएको छ” परीक्षा नियन्त्रक शर्माले भने, “विगतमा अनलाइनहरुले त्रुटी गरेका र कतिपयले तथ्याङ्कको दुरुपयोग गरेकाले समस्या आयो । त्यसैले बोर्ड र टेलिकममा मात्र हेर्न सकिने बनायाैँ ।”

कोभिड–१९ का कारण बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क गणना गरिनेछ । कक्षा १२ मा करिव चार लाख ३१ हजार परीक्षार्थी परीक्षार्थी सम्मिलित थिए भने देशभरि चार हजार १०५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो ।

Thuprai - Books and E-books