A Levels MA

कक्षा १२ को परीक्षा समय परिवर्तन

राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ। कक्षा १२ को वार्षिक परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिकामा परीक्षा सञ्चालनको समय विहान ११ बजेदेखि २ बजेसम्म हुने गरी तालिका निर्धारण गरेको थियो । 

सरोकारवालाले बोर्डलाई समय परिवर्तन गर्न अनुरोध गरेपछि बोर्डको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

Thuprai - Books and E-books