After SEE Portal

कक्षा १२ को परीक्षा मङ्सिरमा

Bridge Course

स्थगित गरिएको कक्षा १२ को परीक्षा आगामी मङ्सिर महिनामा सञ्चालन हुने भएको छ ।

कक्षा १२ को परीक्षा स्थगितपछि परीक्षालाई लिएर विद्यार्थी अन्योलमा छन् । अब परीक्षा हुन्छ वा हुँदैन वा कुन विधिबाट हुनेछ भन्ने लगायतका जिज्ञाशा र अन्योल बढाइदिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले आगामी मङ्सिरमा परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

“अहिले नै हामी परीक्षा सञ्चालन गर्नसक्ने अवस्थामा थियौँ, तर स्थगित गर्न लगाइयो” उनले भने, “हालको सङ्क्रमणको अवस्थामा मङ्सिरसम्ममा पक्कै सुधार आउने अपेक्षा गरौँ । त्यसो हो भने मङ्सिरमा परीक्षा सञ्चालन गर्न समस्या हुने छैन ।”

उनले मङ्सिरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसके परीक्षाका अन्य वैकल्पिक विधि अपनाइने बताए । 

“भच्र्युअल लगायतका विधिलाई अपनाउन सकिन्छ” परीक्षा नियन्त्रक शर्माले भने, “लिखित परीक्षा पूर्ण अङ्ककै हुनेछ । विगतको जस्तो ४० प्रतिशतमात्र लिखित परीक्षा हुने अवस्था यो पटक दोहोर्याइँदैन ।” 

साउन ३१ गतेबाट परीक्षा हुने पूर्व निर्धारित परीक्षा तालिका सार्वजनिक गरिएअनुरुप परीक्षाको तयारी भइसकेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जोडले शनिबार परीक्षा स्थगित गर्ने निर्णय भएको थियो । 

A Levels MA
Thuprai - Books and E-books