After SEE Portal

शिक्षक र प्रहरीविच झडप

Bridge Course

दरबन्दी मिलानका विषयमा असहमति जनाउँदै आएका शिक्षक र प्रहरी विच भएको झडपमा १२ जना घाइते भएका छन् । लामो समयदेखि शिक्षक दरबन्दी मिलान लगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तन गरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबिच आज भएको झडपमा घाइते भएका हुन् ।

नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर तथा प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको भन्दै लामो समयदेखि कार्यालयमा धर्ना दिँदै आएको थियो ।

सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको अरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको जानकारी दिए ।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । सङ्घका सचिव धामीले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताए । यसअघि पनि नगरपालिकामा रहेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।

आज आन्दोलनमा पार्टीका भ्रातृ सङ्गठनले आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरी र नगरप्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ । आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ढुङ्गामुढासमेत भएको छ ।

A Levels MA
Thuprai - Books and E-books