After SEE Portal

क्याम्पस प्रमुख र शिक्षकलाई स्पष्टीकरण

Bridge Course

नेपाल कमर्स क्याम्पस मिनभवनका क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को तर्फबाट काठमाण्डौ जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार किरण पौडेलको प्रचारप्रसारमा सहभागी भएको श्रव्यदृश्य सामग्री समेत संलग्न गरी उजुरी परेको सन्दर्भमा बुधबार क्याम्पस प्रमुख सिलवाललाई स्पष्टीकरण सोधिएको हो ।

आयोगले हिमगंगा माध्यमिक विद्यालय, खिजिदेम्बा गाउँपालिका वडा नं ७ ओखलढुंगाका शिक्षक राम कुमार बस्नेतलाई स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को प्रचारप्रसारमा हिँडेको र आफ्नो फेसबुक पेजमार्फत समेत उक्त दलको मत मागेको भनी उजुरी परेको हुँदा स्पष्टीकरण सोधिएको हो ।

आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) को चुनावी प्रचारप्रसारमा सम्लग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

A Levels MA
Thuprai - Books and E-books