After SEE Portal

विपतको समयमा बालबालिकालाई मनोशिक्षाको आवश्यकता (बालबालिकामा देखिने असर र समाधानका उपायसहित)

Bridge Course

विपतका समयमा बालबालिकामा देखा पर्ने मनोवैज्ञानिक असरको न्यूनीकरण गर्न अभिभावकले बालबालिकाको मनोभावना बुझी आफ्नो तनाव तथा चिन्ताको उचित व्यवस्थापन गर्नुपर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी) नेपालले जानकारी दिएका छन् ।

विपतका समयमा बालबालिकामा उमेर अनुसारका मनोवैज्ञानिक असर देखा पर्ने हुनाले बालबालिकालाई यसबाट बचाउन दुबै संस्थाले मनोशिक्षाको आवश्यकता औँल्याएका हुन् ।

केन्द्र र सी.एम.सी नेपालले बालबालिकाले आफ्नो तनाव उमेर अनुसार फरक फरक ढंगले व्यक्त गर्ने हुँदा अभिभावक तथा शिक्षकले बालबालिकालाई मनोशिक्षा प्रदान गर्नु पर्ने सुझाएका छन् ।

बालबालिकाहरुले आफ्नो तनाव, डर अथवा चिन्तालाई उमेर अनुसार फरक– फरक तरिकाबाट व्यक्त गरिरहेका हुन्छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय लगायत सम्पूर्ण देशनै लकडाउनमा भएको समयमा बालबालिकाले अभिभावकहरुसँग टाँसिरहने, निन्द्रा तथा खानेबानीमा गडबडी देखिने, झर्को मान्ने, रिसाउने, नराम्रो सपना देख्ने, ध्यान दिन नसक्ने लगायतका अन्य प्रतिक्रिया देखाउने सी.एम.सी–नेपालले जानकारी दियो ।

सी.एम.सी–नेपालले बालबालिकालाई मनोवैज्ञानिक असरबाट बचाउन शिक्षक र अभिभावकले मनोशिक्षकको भूमिका निर्वाह गर्नुपर्ने सुझाएको छ ।

बालबालिकामा देखा पर्ने मनोवैज्ञानिक असर र असरबाट बच्ने उपाय हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books