After SEE Portal

छात्रवृत्तिका कारण अति सिमान्तकृत समुदायका बालबालिका विद्यालय जान थालें

Bridge Course

रामेछाप, ३० भदौ (रासस) ः छात्रवृत्ति पाउनथालेपछि रामेछाप खाँडादेवी गाउँपालिकाका अति सिमान्तकृत थामी समुदायका बालबालिका विद्यालय जान थालेका छन् ।  उच्च शिक्षासम्मको अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने भएपछि ती समुदायका बालबालिका विद्यालय जान थालेका हुन् । 

गरीबी र अशिक्षित परिवारका कारण गाउँघरमै सञ्चालित विद्यालयसम्म पनि जान बञ्चित अति सिमान्तकृत थामी समुदायका बालबालिकाको डोको र नाम्लो खेलाउने हातमा अहिले किताब, कापी र कलम बोकेको देखिन्छ । यतिखेर उनीहरु दिनहुँ किताब, कापी र कलम लिएर विद्यालय जान थालेका छन् ।  

 खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले विद्यालय बाहिर रहेका अति सिमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको पहँुचसम्म पु¥याउनका लागि चालु आर्थिक वर्षमा रु २६ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।  उहाँका अनुसार थामी समुदायका बालबालिकाको लगत सङ्कलन तथा शैक्षिक भत्ता वितरण कार्यक्रम शीर्षकमा रु तीन लाख, निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत रु तीन लाख र उच्च शिक्षा अध्ययन कार्यक्रमअन्तर्गत रु दुई लाख रकम विनियोजन गरिएको छ ।  

गाउँपालिका अध्यक्ष तामाङले राष्ट्रिय बाल दिवसका अवसरमा थामी समुदायका बालबालिकालाई छात्रवृत्तिसहित शैक्षिक सामग्री वितरण गर्दै गाउँपालिका भित्रका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट बञ्चित नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

छात्रवृत्तिको व्यवस्था भएपश्चात् थामी समुदायका बालबालिकाको विद्यालय आउने सङ्ख्यामा वृद्धि भएको श्री कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर कार्कीले जानकारी दिनुभयो ।  उहाँका अनुसार थामी समुदायका विद्यार्थी निमावि तह अध्ययन गरेपछि होटल, इँटाभट्टामा काम गर्न जाने र १३÷१४ वर्षको सानै उमेरमा विवाह गर्ने चलनलाई वर्तमान गाउँपालिकाको छात्रवृत्ति व्यवस्थाले निस्तेज पारेको बताउनुभयो ।  

 अभिभावक अहिले विद्यालयमा आएर आफ्ना बालबालिकाको पढाइको अवस्था बारेमा बेलाबेलामा जानकारी लिने काम पनि गर्ने गरेकोे प्रअ कुलबहादुर कार्कीको भनाइ छ । गाउँपालिकाद्वारा शिक्षामा दिइएको प्राथमिकताले अति सिमान्तकृत समुदायका बालबालिकाको शिक्षामा ठूलो परिवर्तन आउने उहाँको विश्वास छ । 

 श्री कृष्ण टिमु माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत नारायण थामी आफू गरीब भएकै कारण नियमित रुपमा विद्यालय आउन नसकेको गुनासो गर्दै गाउँपालिकाबाट सहयोग प्राप्त हुन थालेपछि आमाबुबा खुशीका साथ आफूलाई विद्यालय पठाउन थालेको र आफू पनि नियमित रुपमा विद्यालय आएर राम्रोसँग अध्ययन गरिरहेको बताउनुभयो ।  रामेछाप खाँडादेवी गाउँपालिका थामी समुदायका ६६ जना विद्यार्थी अहिले अध्ययनरत छन् । 

श्री कृष्ण माध्यमिक विद्यालय टिमुमा २१ जना, सेतीदेवी आधारभूत विद्यालयमा १९ जना र गैरीशङ्कर आधारभूत विद्यालयमा २६ जना थामी समुदायका विद्यार्थी अध्ययनरत् छन् । तीमध्ये कक्षा ७ मा दुई जना, कक्षा ६ मा चार जना, कक्षा ५ मा तीन जना, कक्षा ४ मा ११ जना, कक्षा ३ मा छ जना, कक्षा २ मा नौ जना, कक्षा १ मा १३ जना र शिशु कक्षामा सबैभन्दा बढी १८ जना अध्ययनरत छन् ।  गरीबी र अशिक्षाका कारण खाँडादेवी गाउँपालिका थामी समुुदायबाट अहिलेसम्म पनि कुनै विद्यार्थीले एसइइसम्म अध्ययन गरेका छैनन् ।

A Levels MA