After SEE Portal

त्रिपाल मुनी पढ्न बाध्य बालबालिका

Bridge Course

महाकाली नगरपालिका–२, पण्डारोमा रहेको भुवनेश्वर आधारभूत विद्यालयका बालबालिका त्रिपालले बोरेको टहराको भरमा पढ्न बाध्य भएका छन् ।

विसं २०७९ भदौ २४ गते आएको बाढीले बगाएको विद्यालयको पुनः निर्माण नहुँदा त्रिपालको भरमा पढ्न बाध्य भएका हुन् ।

सो विद्यालयमा अहिले ३१ जना बालबालिका अध्ययनरत रहेका छन् । भवन तथा फर्निचरको अभावमा बालबालिका चिसो भूँइमा बसेर पढ्न बाध्य भएका छन्।

फोटोः रासस

विद्यालय नजिकै खोला रहेका कारण विद्यालय अझैपनि बाढी पहिरोको जोखिममा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए ।

पालिकाका तीन ओटा विद्यालय ‘गत भदौमा आएको बाढीले बगायो । पालिकाले क्षतिग्रस्त एउटा विद्यालयका सबै विद्यार्थीलाई नजिकैंको विद्यालयमा मिलाएर पठनपाठन गराइरहेको छ भने एउटा क्षति ग्रस्त विद्यालयलाई स्थानीय स्तरमा नै जग्गा प्रदान गरी भवन निर्माणको काम सुरु भइसकेको छ । तर भुवनेश्वरको चाहीँ जग्गा अभावका कारण भवन निर्माण हुन नसकेको प्रमुख ठगुन्नाले जानकारी दिए ।

‘पालिकाका तीनओटा विद्यालयको सम्पूर्ण संरचना बगायो, एउटाका विद्यार्थी अर्को विद्यालयमा राखेर पढाइरहेका छौं एउटाको भवन निर्माण कार्य सुरु भइसकेको छ ।’ उनले भने, ‘भुवनेश्वरबाट अन्यत्र बालबालिकालाई पढ्न पठाउँदा करिब दुई घण्टाको पैदल दुरीमा मात्र अर्को विद्यालय छ । ससाना बालबालिकालाई दुई घण्टा सम्म हिडाउनु भन्दा अस्थायी टहरामा कक्षा सञ्चालन गरिरहेका छौं ।’

भुवनेश्वरको नाममा जग्गा छैन । भएको ठाउँमा बाढीले बगर बनाएको छ । उक्त ठाउँमा विद्यालय भवन निर्माण गर्न सम्भावना नभएपछि पालिकाले विद्यालयलाई जग्गा प्रदान गरेर आसपासकै क्षेत्रमा विद्यालय भवन निर्माण नगरुन्जेलसम्मका लागि अस्थायी टहरा निर्माण गरेर कक्षा सञ्चालनमा ल्याएको प्रमुख ठगुन्नाले बताए । ‘भवन निर्माणका लागि जग्गा र आर्थिक स्रोतको व्यवस्थापन गरिरहेका छौं ।’ उनले भने, ‘जग्गा व्यवस्थापन हुने बितिकै भवन निर्माण सुरु गर्छौं ।’

सो विद्यालयमा भएका सम्पूर्ण सामग्री बाढीसंगै बगेर गएपछि अहिले बालबालिका चिसो भुइमा नै बसेर पढ्न बाध्य भएका छन् । पालिकाले केही कक्षाका लागि म्याटको व्यवस्थापन गरेको भए पनि केहीमा नभएको हुँदा भुइमानै राखेर पढाउनु परेको शिक्षकहरू बताउँन् ।

सो विद्यालयका लागि पालिकाले डेक्स बेन्च बनाउने कार्यसुरु गरिसकेको हुदा अबको १५दिन भित्र बालबालिकाले डेक्सबेन्चमा नै बसेर पढ्न पाउने पालिकाले जानकारी दियो ।

खोलाकै पानी पिउँछन् बालबालिका

विद्यालयमा  अहिले सम्म खानेपानीको  व्यवस्थापन हुनसकेको छैन ।  

विद्यालयमा ल्याइएको पानीको मुहान बाढीले बगाएपछि  अहिले बालबालिका तथा शिक्षक खोलाको पानी खान बाध्य  भएका छन् । 

सम्बन्धित निकायले समयमै चासो नदेखाउँदा बालबालिकामा धेरै स्वास्थ्य समस्या देखिए पनि लामो समय कोरोनाका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई घरमा  राख्नु भन्दा विद्यालय पठाउन उपयुक्त सम्झिएर पठाए पनि खानेपानी अभावका कारण बालबालिकामा रुघाखोकी, झाडापखाला लगायतका विभिन्न खालको समस्या देखा पर्ने गरेको अभिभावकहरू बताउँछन् ।

A Levels MA
Thuprai - Books and E-books