After SEE Portal

बालविकास सहजकर्तालाई वार्तामा आफ्नो माग नउठ्ला कि भन्ने चिन्ता

Bridge Course

आज शिक्षक महासंघ र सरकारका विच भएको सहमतिपछि आन्दोलनरत शिक्षकहरूको वार्ता हुँदैछ ।

गत असोज पाँच गते भएको सहमतिपछि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरूले आज आन्दोलन र वार्तालाई संगसंगै लैजाने अभिव्यक्ति दिएका छन् । शिक्षक र शिक्षा मन्त्रीविचको वार्तामा पुनः बालविकास सहजकर्ता (ईसीडी शिक्षक)लाई बेवास्ता गरिने हो कि भन्ने चिन्ता बालविकास शिक्षकलाई सताएको छ ।

राहतसँगै विद्यालय कर्मचारी, साबिकको उमावि शिक्षक, बाल विकास शिक्षक र नेपाल शिक्षक संघ आन्दोलनमा उत्रिएका छन् । वार्ताको औपचारिक घोषणासंगै उनीहरूले आफ्ना मागलाई पनि सम्बोधन गर्न पहल गर्न आग्रह गर्दै सामाजिक सञ्जालका भित्ता रंगाएका छन् ।

उनीहरूले लामो समय देखि न्यून पारिश्रमिकमा काम गर्दै आएको हुँदा बाल शिक्षकलाई प्रक्रिया पुर्याई स्वतः स्थायी र प्राथमिक तह सरहको सुविधा दिनुपर्ने लगायतका माग सम्बोधन गराउन उनीहरूले माग गरिरहेका छन् ।

रेखा रानाभाट लेख्छिन्, ‘घातक नेपाल शिक्षक महासङ्घ नेपालले गरे जस्तो स्वार्थिपुर्ण सहमती नगरिएयोस भोलि नेपाल सरकारले वार्तामा बोलाएकोछ भन्ने सुन्नमा आएकोछ।वार्ताले पिडितहरु सबैको माग सम्बोधन गरियोस शुभकामना।’

‘यो राहत को आन्दोलन मात्र होइन , पेन्सन बन्चित ,इ सि डि, विध्यालय कर्मचारी ,हिस्टुन लगायतको पनि हो १ वार्तामा सबै सरोकारवाला को सहभागिता रहोस् र माग को सुनुवाइ पनि! सुमन श्रेष्ठले लेखेका छन् ।

विदालय कर्मचारी मुकेश यादवले भने बिालविकास सहजकर्ताको माग सम्बोधन नहुनुमा उनीहरु आफै जिम्मेबार भएको लेखेका छन् ।

विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएको राहत शिक्षक संघर्ष समितिसँग सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । बिहीबार मन्त्रालयमा शुरू भएको वार्ता लम्बिएपछि आजलाई सरेको हो । बिहीबार माइतीघर मण्डलाको सडकमा आन्दोलन जारी नै राखेर समितिका पदाधिकारीहरू वार्तामा सहभागी भएका थिए ।

A Levels MA