After SEE Portal

बालविकास सहजकर्तालाई समयोचित तलब र तालिम भएन

Bridge Course

संघीय सांसद भीम आचार्यले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई समयोचित तलब र तालिम नभएको बताएका छन् ।

बिहीबार बसेको संसद् बैठकमा उनले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने,‘बालविकास क्षेत्र भद्रगोल छ । भवन छैन । शिक्षकको व्यवस्था राम्रो छैन । तलब हुँदैन । तालिम हुँदैन । बालबालिका भद्रगोल अवस्थाले पढ्न गइरहेका छन् । सुधार गर्नुपर्छ । यसतर्फ सरकारले ध्यान दिनु जरुरी छ । बालविकास शिक्षकहरूलाई विद्यालयस्तरको सुविधाभित्र ल्याउनुपर्छ । बालविकासमा उन्नत शिक्षाको व्यवस्था गर्दै अगाडि बढ्नुपर्छ । यहाँका शिक्षकहरू आन्दोलनमा छन् । सरकारले तुरुन्तै वार्ता गरेर समस्या समाधान गरोस् भन्ने माग गर्न चाहन्छु ।’

उनले समग्र शिक्षा क्षेत्रका समस्याका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । 

A Levels MA