A Levels MA

त्रिवि डीन कार्यालयद्वारा सिम्याट परीक्षाको मापदण्ड परिवर्तन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको डीन कार्यालयले स्नातक तह भर्नाका लागि लिइने सिम्याट परीक्षाको मापदण्ड परिवर्तन गरेको छ ।

डीन कार्यालयले एक सूचना जारी गर्दै सिम्याटमा सहभागी हुनका  कक्षा ११ र १२ मा कम्तिमा १.८ जीपीए ल्याउनुपर्ने मापदण्ड तय गरेको हो ।

व्यवस्थापन संकायको  स्नातक तहका विभिन्न आठ (बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटस्टीएम, बीबीबिबिए–एफ र बीएमएस) कार्यक्रममा भर्नाका लागि लिइने प्रवेश परीक्षा सिम्याटका लागि तोकिएको मापदण्ड परिवर्तन गरेको छ ।

सिम्याटका लागि कक्षा ११ र १२ कम्तिमा डी प्लस वा जिपिए १.६ अथवा पिसिएल सरहको समकक्षता भएको कुनै पनि विषयमा कम्तिमा सेकेण्ड डिभिजन हुनुपर्ने व्यवस्थालाई परीवर्तन गरेको सूचनामा उल्लेख गरेको छ ।

डीन कार्यालयद्वारा जारी सूचनामा ‘उच्च माध्यामिक शिक्षा परीषद् बोर्डद्धारा प्रकाशित कक्षा १२ को नतिजामा लेटर ग्रेडिङ्ग निर्देशिका २०७८ मा भएको ग्रेड निर्धारण सम्बन्धी व्यवस्थामा पूर्व निर्धारीत ग्रेडमा तोकिएको डी प्लस (स्विकृत अंक १.६० लाई डी (स्विकृत अंक १.६० कायम गरिएकोले विश्वविद्यालय व्यवस्थापन संकायले पूर्व प्रकाशित मापदण्डमा परिवर्तन गरेको  छ ।’ सूचनामा भनिएको छ, ‘पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरुले पनि प्रवेश परीक्षा सिम्याटको आवेदन फाराम भर्न पाउने छन् भने २०७८ वा सो भन्दा अगाडी प्रकाशित नतिजामा उत्तीर्ण भएका विद्यार्थीको हकमा सावबककै व्यवस्था अनुसार हुने छ ।’

Thuprai - Books and E-books