After SEE Portal

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा भर्ना हुने विद्यार्थीको चाम फोटो फिचर

Bridge Course

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अहिले विद्यार्थीको चाम अत्याधिक बढेको छ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएसंगै राष्ट्रिय परीक्षा बोर्डले साउन मसात सम्म कक्षा ११ मा भर्ना गर्न निर्देशन सहित सूचना जारी गरेपछि कलेजमा विद्यार्थीको चाम बढेको हो ।

काठमाडौंको बानेश्वर–३१ अवस्थित  यो कलेजले कक्षा ११–१२ मा व्यवस्थापन र विज्ञान समूहको पठनपाठन हुँदै आएको छ । एसईईको नतिजा सार्वजनिक भएपछि दैनिक ५०० भन्दा बढी विद्यार्थी दैनिक सोधपुछका लागि आउने गरेका छन् । अहिलेसम्म विज्ञान समूहमा ६४० र व्यवस्थापन समूहमा ९०० विद्यार्थी पढाउने क्षमता भएको कलेजमा  अहिले सम्म विज्ञानमा  ६ हजार र व्यवस्थापन समूहमा ५ हजार विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएको कलेजले जानकारी दियो ।

कलेजका अनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि चाप दैनिक बढ्दै गएको छ । सुविधा सम्पन्न भवन सहित १६ रोपनी जग्गामा फैलिएको  यो कलेज व्यस्त सहरको भित्र भए पनि शान्त र शैक्षिक वातावरणमा पठनपाठन हुने हुँदा विद्यार्थीको रोजाइम पर्न सफल भएको छ ।

पाठ्यक्रमका साथै परयोजना कार्य, प्रविधिमैत्री वातावरणमा पठानपाठनलाई प्राथमिकतामा राखेर हुनाले विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल भएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books