After SEE Portal

कास्कीका विद्यालयलाई निर्माण सम्पन्न प्रमाणपत्र

Bridge Course

पोखरा, ११ पुस (रासस): कास्की जिल्लामा भूकम्पका कारण क्षतिग्रस्त भई पुनःनिर्माण गरिएका २३ विद्यालय र एउटा शौचालयलाई निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवसको सन्दर्भमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) द्वारा आज यहाँ आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्ला पुनःनिर्माण सहजीकरण समितिका संयोजक बैनबहादुर अधिकारी(क्षेत्री), जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख लालप्रसाद पोखरेल र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले संयुक्त रुपमा निर्माण सम्पन्नताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा समितिका प्रमुख क्षेत्रीले पुनःनिर्माणमा गुणस्तरीयता अनिवार्य सर्त भएको बताउँदै निर्माणाधीन संरचनामा पनि त्यसतर्फ विशेष सजगता अपनाउन विद्यालयको नेतृत्व लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रमुख जिल्ला अधिकारी केसीले शिक्षण संस्थाका निर्माणाधीन संरचना गुणस्तरीय र समय सीमाभित्रै सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) कास्कीका प्रमुख पोखरेलले जिल्लामा भूकम्पका कारण प्रभावित १७० विद्यालयमा पुनःनिर्र्माणका काम भइरहेको बताउनुभयो ।

कार्यालयका तर्फबाट पुनःनिर्माण भइरहेका विद्यालयको निर्माण कार्य समय समयमा अनुगमनसमेत गरिएको बताउँदै उहाँले निर्माणका सम्पूर्ण कार्य पूरा गरेका विद्यलायलाई सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङ, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर प्रभात लामिछाने, शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि लोकनाथ आचार्य, बोधराज पौडेललगायतले भूकम्प पश्चात विद्यालयको पुनःनिर्माणमा राज्यको ठूलो लगानी रहेको बताउँदै निर्माणको गुणस्तरीयता अनिवार्य सर्त भएकोमा जोड दिनुभयो ।

A Levels MA