CMAT

स्वीकृत नभएका पाठ्यसामग्री बजारमा आएको भन्दै केन्द्रले आपत्ति जनायो

Bachelors Portal

नयाँ शैक्षिक सत्रका लागि तयार गरिएका पाठ्यसामग्रीहरु पाठ्यक्रम विकास केन्द्र केन्द्रले स्वीकृत नगरेका पाठ्यपुस्तक बजारमा आएको पाइएको छ । केन्द्रले तयार गरेको सुचिमा परेका पाठ्यसामाग्री वा पाठ्यपुस्तक मात्र प्रयोग, बिक्री वितरण र प्रकाशन गर्न पटक पटक निर्देशन दिएको भएपनि केही प्रकाशकले अन्य पाठ्य सामग्री बजारमा  ल्याएको पाइएको हो ।

नेपालको संशोधित मान चित्र समावेश नगरेको, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत सूचिमा नरहेका ,स्वीकृत प्रधान नगरीएका र नियम अनुसार परिमार्जन तथा अद्यावधिक नगरी पाठ्यसामग्री प्रकाशन र बिक्री वीतरण गरेको गुनासो आएपछि केन्द्रले एक सूचना जारी गरी आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रले यस्तो गुनासो आएको पाइएपछि पुनः उक्त सामग्री प्रकाशन तथा बिक्रि वितरणमा रोक लगाउने निर्देशन दिँदै उक्त कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता पुस्तक बिक्री वितरण समेत तत्काल बन्द गर्न केन्द्रले सूचित गरेको छ ।

विद्यालय तहको पाठ्यक्रम अनुसार प्रचलित कानुन अनुसार स्वीकृत प्राप्त गरेर मात्र पाठ्यसामग्रीहरुको प्रकाशन बिक्री वितरण र प्रयोग गर्न, प्रकाशक, पुस्तक व्यावसायी, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ । केन्द्रले यस्तो कानुन विपरीतको कार्य गरिएको भेटिएमा कडा कारबाही गर्ने जनाएको छ ।

Thuprai - Books and E-books
I Tech store