A Levels MA

अधिकारी र बगालेलाई तीन वर्ष सम्म पाठ्यसामग्री लेख्न नपाउनेगरी प्रतिबन्ध

पाठ्यक्रम विकास केन्द्रले ज्ञानबहादुर अधिकारी र  राममणी बगालेद्वारा लिखित कक्षा ६ र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको पाठ्यसामग्री प्रकाशन गर्न प्रतिबन्ध लगाएको छ ।

केन्द्रले अधिकारी र बगालेद्वारा लिखित उक्त पाठ्यपुस्त्क हुबहु कपि गरेको पाएपछि प्रतिबन्ध लगाएको हो । साथै केन्द्रले  दुवै जनालाई शैक्षिक सत्र २०८० देखि तीन शैक्षिक सत्रसम्म सरकारी तथा निजी प्रकाशनवाट पाठ्यसामग्री लेखन तथा सम्पादन लगायत पाठ्यसामग्री प्रकाशनसंग सम्बन्धित कार्य गर्न प्रतिबन्ध लगाइएको छ ।

 साथै कारबाहीमा परेका व्यक्तिवाट लेखन तथा सम्पादन लगायत प्रकाशन सम्बन्धी कार्य गरेको, गराएको पाइएमा सम्बन्धित प्रकाशकसमेतलाई कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै ब्रिलियन्ट बुक्स एण्ड डिस्ट्रिव्युटर्स प्रालि काठमाडौबाट शैक्षिक सत्र २०८० मा लागु गर्न स्वीकृतिका लागि केन्द्रमा पेश गरेको सामग्री र केन्द्रबाट प्रकाशन भएको पाठ्यपुस्तकसंग कतिपय विषयवस्तु चित्र उदाहरण अभ्यास र क्रियाकलाप हुबहु सारेको भन्दै प्रकाशकले कारबाहीको माग गरेपछि प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

कक्षा ५, ६ र ७ का सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयका पुस्तक लेखन तथा सम्पादन सम्बन्धी कार्य गर्न बगाले र अधिकारीसंग केन्द्रले तोकेको ऐन, नियम, विनियम, निर्देशिका एवंम निर्देशनको परिधि भित्र रही कार्य गर्न लिखित सम्झौता गरेको थियो ।

केन्द्रले विकास गरेको पाठ्यसामग्रीको प्रतिलिपि प्रयोग गरी केन्द्रलाई गुमराहमा पार्ने र प्रालिले आर्जन गरेको मान प्रतिष्ठालाई आँच पुर्याउने कार्य गरेको र लेखक तथा सम्पादक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पाठ्यक्रम विकास केन्द्रसंग  सम्बद्ध रहेको रहेको भन्ने कुरा पूर्व जानकारी नगराइ बदनियतपूर्वक कार्य गरेकाले निजहरुलाई हरेसम्मको सजायको माग  गर्दै केन्द्रमा आवेदन दिएका थिए ।

 

Thuprai - Books and E-books