CMAT

विद्यालयको जग्गा अवैध उत्खनन् गर्ने विरुद्ध विशेष अदालतमा मुद्दा

Bachelors Portal

बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको जग्गा अवैध रुपमा उत्खनन् गराउने चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालयको माटो बिक्री गरी भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं ४ स्थित सो विद्यालयका  प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना सहित चार जना विरुद्ध मुद्दा दायर गरेको हो ।

माटो किन्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरूले बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र आर्थिक वर्ष २०७६–०७७ र २०७७–०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची–६ र सुदुरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोके बमोजिमको करबापतको  ७ लाख २९ हजार ५१४ रुपियाँ ५० पैसा सरकारी रकम हिनामिना तथा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अख्तियारको दाबी छ ।

Thuprai - Books and E-books
I Tech store