SEE Result 2082

भ्रष्टाचार गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिकाअध्यक्षसहित ६ जना विरुद्ध मुद्दा

भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष झंकर बहादुर वमसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूहले टेण्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

२०७१ कार्तिक १८ गते कालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएसस मिलका प्रोप्राइटर रमेश थापालाई बदनियतपूर्वक विद्यालय–सार्वजनिक संस्थाको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्लकालीन अध्यक्ष सहित सदस्य धिरेन्द्र बहादुर विष्ट, सदस्य कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमल बहादुर शाही र प्रधानाध्यापक तथा सदस्य–सचिव जनक बहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

अख्तियारले ८ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) खण्ड (ङ) बमोजिम सजाय  मागदाबी गरी मुद्दा दर्ता गराएको हो ।

+2 School
Counseling
Bachelors Portal