Managed Admission 2022

नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकलाई मुद्दा, अन्य आठजना प्रहरी नियन्त्रणमा

Bachelors Portal

कैलालीको  श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारी उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी  मुद्दा दायर गरिएको छ ।

शिक्षक सोडारीको एउटै तहका दुईओटा प्रमाणपत्र फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

धनगढी उप(महानगरपालिका वडा नं. ९, स्थित  शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरिया कैलालीमा कार्यरत प्राथमिक तहका राहत शिक्षक सोडारीको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको अनुसन्धान हुँदा शिक्षक  सोडारीले  बोर्ड अफ सेकेन्डरी एजुकेसन डिल्लीबाठ  भारतबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली  बनाएको खुल्न आएको छ ।

वदनियतपूर्ण तरिकाले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिँदा शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्ले गरिएको छ ।

त्यस्तै काठमाडौंका विभिन्न स्थानबाट नेपालस्थित अमेरिकन दुतावासमा युएसए डाइभरसिटी भिसा(इडीभी) का लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका ६ घर भई झापा दमक नगरपालिका ५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका(१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका ९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् ।

यस्तै स्याङजा चापाकोट गाउँपालिका २ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका ६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका(१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका ५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका ८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई ईलाका प्रहरी कार्यालय दमक झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।

 

 

I Tech store
Thuprai - Books and E-books