अध्यक्ष र प्रधानाध्यापक विरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्वस्थापन समितिका अध्यक्ष राज कुमार थापा र प्रधानाध्यापक बुद्धि बिलास धिताल विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दयर गरेको छ ।

कागेश्वरी मनोहरा, नगरपालिका वडा नं १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक उपर घुस लिई भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरेको हो ।

शिक्षक छनोट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले शिक्षकबाट १६ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।शिक्षक छनोटमा अन्तर्वार्ताको लागि पेश गरेको ट्रान्सक्रिप्ट फिर्ता गर्ने क्रममा घुस माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

अध्यक्ष र प्रधानाधयापकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिमको कसुरमा बिगो १६ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी  सहित मुद्दा दायर गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal