A Levels MA

राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त

भक्तपुरको राजर्षी गुरुकुलले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रमुख खेलकुद सल्लाहकारमा नियुक्त गरेको छ ।

भक्तपुरको सल्लाघारीस्थित सो विद्यालयले कप्तान मल्ललाई खेलकुद सल्लाहकारमा नियुक्ती गरेसँगै विद्यार्थीलाई क्रिकेटबारेमा अनुभव सुनाउँदै तालिम दिएका थिए ।

विद्यालयले बिहीबार हस्ताक्षर कार्यक्रम गरी कप्तान मल्ललाई खेलकुद सल्लाहकारमा नियुक्त गरेको विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले जानकारी दिए । कार्यक्रम निर्देशक दिनेश भुसालले विद्यालयले उत्कृष्ट शिक्षालाई मात्र ध्यान नदिई खेलकुदलाई पनि शैक्षिक क्रियाकलापसँग जोडिरहेको बताउँदै विद्यार्थीहरुलाई उत्साहित गर्न राष्ट्रिय स्तरका खेलाडीहरुलाई विद्यालयमा ल्याई प्रशिक्षण दिइरहेको बताए ।

कार्यक्रममा राजर्षी गुरुकुलका प्रमुख राजेश चौधरीले खेलले विद्यार्थीलाई अनुशासित, धैर्यवान र लगनशील बनाउने बताउँदै खेलको लागि राजर्षि गुरुकुलले खेलकुदलाई पाठ्यक्रमसँग जोडेर शिक्षा दिइरहेको बताए ।

कार्यक्रममा कप्तान मल्लले क्रिकेटप्रति युवा तथा विद्यार्थीहरुको क्रेज बढिरहेको बताउँदै खेलले शैक्षिक उन्नतिमा पनि सहयोग पुर्याउने बताए ।

कार्यक्रममा राजर्षी गुरुकुलका प्रिन्सिपल लिओन लु श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले शैक्षिक क्षेत्रमा विश्वस्तरिय सेवा दिइरहेको राजर्षीले खेलकुदलाई पनि पाठ्यक्रमको मुख्य विषयको रुपमा रहेको जनाएको छ ।

कार्यक्रममा कप्तान मल्लले विद्यालयले आयोजना गरेको फोटोग्राफी प्रतियोगिता र कथा वाचन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

Thuprai - Books and E-books