After SEE Portal

अध्यापन अनुमति पत्रको परीक्षा रद्द,पुन परीक्षा कात्तिक २३ मा हुने

Bridge Course

भक्तपुर । लामो समयपछि  शिक्षक सेवा आयोग ले संञ्चालन गरेको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । आगामी कात्तिक २३ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक सेवा आयोगले उक्त परीक्षा रद्द गरेको हो । परीक्षा हुने समय र स्थान पछि सार्वजनिक गर्ने आयोगका अध्यक्ष ताना गौतमले जानकारी  दिए  ।

अंग्रेजी विषयको समूह ‘घ’ को बस्तुगत तर्फको प्रश्न पत्रमै उत्तर समेत सार्वजनिक भएको समयमै थाहा पाएकाले समाधान गरिएको दावी गर्दै आयोगले शुरुमा परीक्षा रद्द नहुने बताएको थियो । तर उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आलोचना बढे पछि आईतबार बसेको आयोगको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । 

आयोगको मुख्य काम नै मर्या्दित र विश्वसनीय रुपमा परीक्षा सञ्चालन गर्नु तथा योग्य उम्मेद्वार छनौट गर्नु रहेकोले त्यसमा सम्झौता गर्ने कुरै नआउने भन्दै गौतमले छलफलमा रहेका अन्य विकल्पलाई छाडेर रद्द गर्ने निर्णय गरेको बताए ।

आयोगको लापरवाहीका कारण यो समस्या आएकामे थियो । उत्तरलाई बोल्ड अक्षरमा छापिएको फेला परे पछि उक्त लापरवाही सार्वजनिक भएको हो । यसले आयोगको कार्य सम्पादन र परीक्षाको विश्वसनीयतामै प्रश्न उब्जेको छ । 

हरेक केन्द्रमा पठाईएको ४ अलग अलग सेट मध्ये उत्तर बोल्ड भएको सेट वितरण भएको थाहा पाउना साथ तुरुन्तै अर्को प्रश्न पत्रको सेट खोलेर परीक्षा सञ्चालन गरिएकाले रद्द गर्नु जरुरी नभएको आयोगले तर्क गर्दै आएको थियो । 

तर परीक्षार्थीले भने घटनालाई आयोगको हदै सम्मको लापरवाहीको संज्ञा दिर्दै आलोचना गरेका थिए । ५२ जिल्लाका ३ सय १ परीक्षा केन्द्र मध्ये शुक्रबारको अँग्रेजीका लागि ८२ वटा केन्द्रमा झण्डै १३ हजार ७ सय परीक्षार्थी सहभागी थिए । यी मध्ये उक्त त्रुटीका कारण करीव ३ हजार जति परीक्षार्थीलाई मात्रै प्रभाव पर्ने गौतमले दावी गर्दै आएका थिए । 

अब  सबै केन्द्रमा कात्तिक २३ मा परीक्षा गर्ने गरी शुक्रबारको परीक्षा रद्द गरिएको हो ।

A Levels MA