A Levels MA

पहिला मान्यता पछि रद्द

पाठ्यक्रम विकास केन्द्रले कागजात नै पुरा नगरी कक्षा १० र १२ सरहको मान्यता तथा समकक्षता प्रदान गर्ने गरिएको पाइएको छ ।

केन्द्रले विभिन्न समयमा कागजत नै रुजु नगरी मान्यता प्रदान गरेका ६ जनाको माध्यमिक तहको मान्यता तथा समकक्षता रद्द गरेको छ । केन्द्रले विभिन्न मितिमा आवेदन गरी समकक्षता प्रमाण पत्र लिएका ६ जनाको मान्यता तथा समकक्षता रद्द गरेको हो ।

पहिला मान्यता तथा समकक्षता दिएका ६ जनाको शैक्षिक योग्यता लगायतका कागजात र विवरण सुरुमा अध्ययन ने नगरी समकक्ष प्रदान गरेको र पछि थप अध्ययन गर्दा उनीहरूले अध्ययन गरेको ‘श्री ज्ञानदा एकेडेमी, बीरगञ्ज, पर्सा’ ले शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ३ को उपदफा ८ र दफा १६८ तथा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ९ अनुसारको प्रक्रिया पूरा गरी अनुमति लिएको नदेखिएको हुँदा रद्द गरिएको जनाएको छ ।

केन्द्रले ती ६ जनालाई कक्षा १० र कक्षा १२ सरहको मान्यता तथा समकक्षता दिएको हुँदा केन्द्रकै माघ १८ गतेको निर्णायानुसार रद्द गरिएको जानकारी दियो ।

 

Thuprai - Books and E-books