A Levels MA

त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने

पछिल्लो समय कोभिड १९ को संक्रमण बढेसंगै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजले पठनपाठनको विधि आफै रोज्न पाउने भएका छन् ।

कलेजले संक्रमितको अवस्था हेरी वैकल्पिक माध्यमबाट वा भौतिक उपस्थितिमा प्रत्यक्ष कक्षामा पठनपाठन गराउने भन्ने विषय रोज्न पाउने भएका हुन् ।

पठनपाठन भर्चुअल गर्ने कि भौतिक रूपमा भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई नै जिम्मा दिइने शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए ।

स्वास्थ्य सुरक्षाको निर्धारित मापदण्डको पालना कडाइका साथ लागु गरी सञ्चालनमा रहेका सबै परीक्षा निर्धारित समयमा नै सञ्चालन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा लिइने बार्षिक परीक्षा प्रणाली अन्तर्गत सञ्चालित स्नातक तह दोस्रो वर्षको परीक्षामा सुरक्षाका मापदण्डहरु मास्क, सेनिटाइजर, हात धुने साबुनको व्यवस्था र सामाजिक सुरक्षाको मापदण्ड अनिवार्य रुपमा अपनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सूचित गरिसकेको छ ।

सरकारले व्यस्त सहरमा विद्यालय स्तरीय पठनपाठन भर्चुअल विधिबाट गर्दै वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको भएपछि त्रिविले सम्पूर्ण परीक्षा नरोक्ने भएको हो । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेका छन् । त्रिविले आगामी जेठ १५ गते सम्म परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Thuprai - Books and E-books