CMAT

सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वान

Bachelors Portal

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान गरेका छन् ।

कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट ‘क्युएए’ प्रक्रियाबाट प्रमाणीकरण भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले प्रमाणीकरणपछि सोहीअनुरुप गुणस्तर कायम गर्नुपर्ने सुझावसमेत दिए ।           

“सामुदायिक क्याम्पसलाई क्युएएको चक्रभित्र प्रवेश गराउँदै गुणस्तर कायम गराउनु आवश्यक छ”, उनले भने । उनले क्युएए प्रमाणीकरण गरेको प्रत्येक वर्ष अनुगमन गर्ने जानकारी दिँदै सोहीअनुरुप गुणस्तरलाई कायम राख्न क्याम्पस एवं विद्यार्थीलाई सुझाव दिए।

समारोहमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राडा पेशल दाहालले सामुदायिक क्याम्पसको गुणस्तर बढ्दै गएको बताए । उनले भने, “क्युएए प्रमाणीकरण भएका सामुदायिक कलेजप्रतिको हेर्ने नजरमा परिवर्तन आएको छ ।”

रजिस्ट्रार प्रा डा दाहालले शैक्षिक संस्थामा प्रागिक गतिविधिबाहेकका वैकल्पिक प्रभाव पर्न नदिन सुझावसमेत दिए ।

कोटेश्वर बहुमुखी क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले क्याम्पस र विद्यार्थीको मेहनतका कारण गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाको प्रमाणीकरण प्राप्त भएको जनाउँदै क्याम्पसको समग्र गुणस्तर उकास्ने कार्यमा निरन्तर अगाडि बढेको बताए ।

Thuprai - Books and E-books
I Tech store