CMAT

अनुदान आयोगद्वारा उत्कृष्ट क्याम्पस छनोट गर्न आवेदन माग

विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनौट गर्न विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिइ सञ्चालनमा रहेका सामुदायिक र निजी (प्राइभेट) क्याम्पसले आ–आफ्नो दावीसहित आवेदन माग गरेको छ ।

आयोगले नीति पूर्वक साउन १९ गतेसम्म कार्यालय समयमा आवेदन दिन माग गरेको हो ।

आयोगले राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक लगायतका पुरस्कार प्रदान गर्न माग दाबी गर्न आवेदन माग गरेको छ ।

आयोले राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ को दफा १६ मा भएको व्यवस्था अनुसार आगामी असोज २ (शिक्षा दिवसका दिन) उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचा आवेदन माग गरेको छ ।

आयोगले कलेजलाई ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ अनुसार प्रदान गर्ने सूचनामा उल्लेख गरेको छ ।

म्याद नाघी, तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचा बाहिर रही तथा आवश्यक कागजातहरू संलग्न नभएका निवेदन स्वीकृत नहुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

Thuprai - Books and E-books