After SEE Portal

त्रिविको उपकुलपतिका लागि आवेदन माग

Bridge Course

त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति छनोट गर्ने प्रयोजनका लागि आवेदन आह्वान गरिएको छ ।

त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना सार्वजनिक गरेर सार्वजनिक रूपमा आवेदन आह्वान गरेको हो ।

यसअघि अघिल्लो सरकारले पनि यसैगरी आवेदन माग गरी तयार गरिएको रोस्टरबाट उपकुलपति नियुक्त गर्ने योजना बनाएको थियो र सोअनुसार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । तर रोस्टरलाई लत्याउँदै प्रा.डा. धर्मकान्त बाँस्कोटालाई रोस्टर बाहिरबाटै उपकुलपतिका रूपमा नियुक्त गरिएको थियो ।  

आज जारी सूचनाअनुसार त्रिवि उपकुलपतिका लागि आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा दिन सकिने जनाइएको छ । आवेदन दिनका लागि १० दिनको समयावधि दिइएको छ ।

उम्मेदवार नेपाली नागरिक हुनुपर्ने छ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तित विवरण, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि, विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने भनिएको छ ।

सूचनामा बढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र बढीमा पाँच शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना पनि बुझाउन भनिएको छ । 

A Levels MA