After SEE Portal

प्रधानाध्यापक  र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आव्हान (विज्ञापन सहित)

Bridge Course

काठमाडौं महानगरपालिका प्रधानाध्यापक   र स्रोत शिक्षक  नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ । १ जना प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त माग गरेको हो । 

काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९ (क) बमोजिम विद्यालयमा पाँचवर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नका लागि दरखास्त आव्हान गरेको हो । 

महानगर शिक्षा विभागले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आव्हान गरेको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

प्रधानाध्यापकका लागि कम्तीमा सम्बन्धित तहमा पाँच बर्ष स्थायी सेवा अवधि भएको, आधारभूत तह (कक्षा १–५) मा ६ जना, आधारभूत तह (कक्षा १–८) मा २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आव्हान गरेको हो ।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणका आधारमा प्रधानाध्यापक नियुक्त गरिने शिक्षा विभागले जानकारी दियो ।

प्रधानाध्यापक हुन इच्छुक शिक्षकले आगामी मंसिर १ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ । भने शिक्षकले विद्यालय विकास प्रस्ताव पेस गर्ने अन्तिम मसिर ८ गते निर्धारण गरेको छ ।

छनोटसम्बन्धी थप व्यवस्था दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम हुने महानगरले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

प्रधानाध्यापक नियुक्ति सम्बन्धी विज्ञापन

स्रोत शिक्षक नियुक्ति सम्बन्धी विज्ञापन

A Levels MA
Thuprai - Books and E-books