After SEE Portal

बुढानिलकण्ठले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्न सकेन

Bridge Course

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित गरेको छ ।

नगरकार्यपालिकाको साउन १ मा जारी प्रधानाध्यापक छनोट तथा पदस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार गत साउन ३ गते आव्हान गरेको प्रधानाध्यापक छनोटका परीक्षा नगरपालिकाले स्थगित गरेको हो ।

नगरपालिकाले साउन ३ गते परीक्षाका लागि आवेदन मागगरी ५ गते परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

सर्वोच्च अदालतबाट हाललाई सो कार्य नगर्नु नगराउनु भनी साउन १२ गते आदेश जारी भएपछि नगरपालिकाले सो परीक्षा स्थगित गरेको छ ।

सर्वोचको आदेश बमोजिम अर्को सूचना जारी नभएसम्मको लागि प्रधानाध्यापक छनोट तथा नियुक्तिसम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको नगरपालिकाले जानकारी दियो । नगरपालिकाले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएपछि कार्यरत प्रधानाध्यापकले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए ।

सो रिट निवेदन उपर सुनुवाई गर्दै अदालतले प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो ।

 

 

 

A Levels MA