After SEE Portal

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेता घोषणा

Bridge Course

ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ ।

रजु अधिकारी  प्रथम,  उज्ज्वल भेटुवाल द्वितीय  र रिशिका शाह ततीय भएका छन् । काउन्सिलले उनीहरुलाई क्रमशः जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार),  र जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार) र  जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार) प्रदान गर्ने घोषणा गरेको हो ।

ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये विजेताहरूले आईईएलटीएस उपहार पाएका हुन् ।

काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू) सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ ।

यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको  काउन्सिलले जारी गरेको विज्ञप्त्मिा उल्लेख छ ।

A Levels MA