After SEE Portal

वीरेन्द्रनगर नगरपालिकाले पनि हप्तामा दुई दिन बिदा नगर्ने

Bridge Course

वीरेन्द्रनगर नगरपालिकाले आफू मातहतका विद्यालय हप्तामा दुई दिन बिदा नदिने निर्णय गरेको छ ।

नगरपालिकाले निर्णय कार्यान्वयन गर्ने सूचना जारी गर्दै हप्तामा दुई दिन बिदा नगरी साविक बमोजिम नै विदालय सञ्चालन गर्न निर्देश्न दिएको छ ।

सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानाध्यापक एवंम् शिक्षकको संयुक्त बैठकमा बुझाएको स्मरणपत्र, सल्लाह सुझाबका आधारमा नगरपालिकाले हाललाई साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।

नगरपालिकाले गरेको सारोकारवालाको छलफलमा शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना साविक बमोजिम नै सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

नेपाल सरकारले २०७९जेठ १ देखि हप्तामा दुई दिन बिदा गर्ने निर्णय लागु गरेको सन्दर्भमा छलफल गर्दा वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका विद्यालयहरुमा साबिक बमोजिम गर्न गराउन निर्देशन दिएको हो ।

A Levels MA
Thuprai - Books and E-books