After SEE Portal

भक्तपुर नगरपालिकाले आइतबार विदा नदिने

Bridge Course

भक्तपुर नगरपालिकाले संघीय सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले दुई दिने सार्वजनिक विदा नदिने भएको छ ।

नगर शिक्षा शाखाले आज एक सूचना जारी गरी भक्तपुर नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई अर्को सूचना नभए सम्म साबिक बमोजिम नै गर्न गराउने निर्देश्न दिएको हो ।

नगर शिक्षा शाखाले नगर भित्रका सबै विद्यालयका प्रधानाध्यापक र प्रिन्सिपललाई सम्बोधन गर्दै हप्ताको दुई दिन नदिने जानकारी दिएको हो ।

‘नेपाल सरकार गृह मन्त्रालयको सूचनाअनुसार आजदेखिलागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएतापनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध छ’ सूचनामा भनिएको छ ।

A Levels MA
Thuprai - Books and E-books