After SEE Portal

बीईको प्रवेश परीक्षा कात्तिक १४ देखि

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तह (बीई र बीआर्क)को प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन गर्ने भएको छ ।

परीक्षा बोर्डका अध्यक्ष सुशील बज्राचार्यले जारी गरेको सूचनामा परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।

गत भदौ २५ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा विद्यार्थीको विरोधका कारण समस्यामा परेको थियो । पछिल्लोपटक असोज २२ गते परीक्षा सञ्चालन गर्ने भनिएको थियो । तर डिनको कार्यालयले सूचना जारी गरी सो परीक्षा स्थगित भएको जनाउ दिएको थियो ।

डिनको कार्यालयले जारी गरेको सूचनामा इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको असोज १९ गतेको बैठकले शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । चार वर्षका लागि धरौटीसहित नियमितपतर्फ ५६ हजार सात सय रुपियाँ, पूर्ण शुल्कीयतर्फ चार लाख ९० हजार रुपियाँ र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार पाँच सय रुपियाँ शुल्क कायम गरिएको छ ।

आवेदन छुट भएकाहरुका लागि असोज २२ देखि २४ गतेसम्म अनलाइनमार्फत प्रवेश परीक्षा फाराम भरिसक्नुपर्ने जनाइएको छ । विस्तृत जानकारी भोलि आइतबार साँझ ५ बजे प्रवेश परीक्षा बोर्डको वेबसाइटमा सूचना हेर्न भनिएको छ ।  

A Levels MA