After SEE Portal

नतिजाको आधारमा छात्रवृत्ति

Bridge Course
संस्थापक अध्यक्ष तथा प्रिन्सिपल रविन्द्रजङ्ग थापा,रिलायन्स एजुकेसन नेटवर्क

रिलायन्स एजुकेसन नेटवर्कले प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्मका विभिन्न विद्यालय र क्याम्पस सञ्चालनमा ल्याएको छ । विद्यालयहोस् वा क्याम्पस रिलायन्स इन्टरनेसनल एकेडेमीले स्थापना कालदेखि नै विद्यार्थीको मन जित्दै आएको छ । एकेडेमीमा करिब ६ सय शिक्षक तथा कर्मचारी र ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । एउटै छाता नेटवर्कको रुपमा एकेडेमीले सञ्चालन गरेका शैक्षिक संस्थाहरूले राष्ट्रिय स्तरमा नै अब्बल नतिजा ल्याउँदै आएका छन् । २०५० सालमा स्थापना भएको रिलायन्स एजुकेसन नेटवर्कभित्र रिलायन्स इन्टरनेसनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड्स होम, रिलायन्स कोयड र रिलायन्स कलेज गरी ५ वटा शैक्षिक संस्था सञ्चालनमा छन्। यसै क्रममा रिलायन्स इन्टरनेसनल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल रविन्द्रजङ्ग थापा संग ईडियुपत्रले गरेको कुराकानीको सारसंक्षेपः  

रिलायन्स एजुकेसन नेटवर्क के होर ?

रिलायन्स एजुकेसन नेटवर्क भनेको २०५० सालमा स्थापना भएको एक शैक्षिक संस्था हो । यसले रिलायन्स एजुकेसन नेटवर्कभित्र रिलायन्स इन्टरनेसनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड्स होम, रिलायन्स कोयड र रिलायन्स कलेज गरी ५ वटा शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । नेटवर्कले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई २०६२ सालदेखि सञ्चालनमा ल्याएको हो । 

रिलायन्स इन्टरनेसनल एकेडेमीमा कस्ता विद्यार्थीले पढ्छन् ?

अधिकांश हाम्रै विद्यालयमा पढेका विद्यार्थी कक्षा ११– १२ मा पढ्छन् । भने अन्य विद्यालयबाट आएका विद्यार्थीलाई प्रवेश परीक्षा लिएर हामीले निर्धारण गरेको पक्रिया पुरा गरेपछि मात्र भर्ना गर्छौं । हाम्रो कलेजमा हरेक कक्षामा निश्चित विद्यार्थी मात्र भर्ना हुने गरेका छन् । एसईईपछि करिब ४० प्रतिशत विद्यार्थी उत्रीर्ण हुने गरेका छन् । यसको असर उच्च शिक्षामा परिरहेको छ । विद्यार्थीले सही कलेज र विषय छनोट गर्न नसकेर यस्तो अवस्था आएको हो । हामी विद्यार्थीलाई सही सल्लाह दिएर मात्र भर्ना लिन्छौं त्यसले हाम्रो उपलब्धि राम्रो छ ।

पठनपाठन कसरी हुने गरेको छ ?

अनुभवी तथा दक्ष शिक्षकले हाम्रो कलेजमा पढाउनु हुन्छ । अत्याधुनिक भौतिक पूर्वाधारभित्र विद्यार्थीमैत्री वातावरणमा पठनपाठन हुने एउटा स्थापित शैक्षिक संस्था हो । सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय विद्यार्थीको लागि आवश्यक ल्याब, लाइबेरीदेखि अन्य अतिरिक्त क्रियाकलापसहित प्रविधिमैत्री वातावरणमा पठनपाठन हुन्छ । चार वर्से स्नातकमा व्यवहारिक ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्ने गरी पठापाठन गराउँछौं । व्यवस्थापन पढ्ने विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञानको लागि विभिन्न उद्योग, कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाको भ्रमण र इन्टर्न् गराउँने गरेका छौं । भने मानविकी अन्तर्गतकोसोसल साइन्सका विद्यार्थीहरूलाई विषय अनुसार भ्रमण, प्राक्टिकल, अनुसन्धानदेखि विभिन्न क्रियाकलापमा सक्रियताकासाथ सहभागी गराउँछौं त्यस्तै पत्रकारीताका विद्यार्थीहरूलाई पनि विभिन्न मिडिया हाउसहरूमा इन्टर्नदेखि रोजगारसम्मको लागि हामीले सहयोग गरिरहेको छौं । हामी विद्यार्थीको पढाइ, प्रतिभा र दक्षतालाई सँगसँगै अघि बढाउँछौं ।

कस्ताकस्त विषयहरूको पठनपाठन गर्नुहुन्छ ?

चौध बर्षको अवधिमा करीब एक हजार ६ सय विद्यार्थीहरुले हाम्रो कलेजबाट उच्च शिक्षा हासिल गरिसकेका छन् । भने अहिले तीन सय पचास जना विद्यार्थी अध्यायनरत छन् । यहाँबाट उत्पादित जनशक्ति हाम्रो देशका विभिन्न क्षेत्रमा योगदान गरिरहेका छन् । हामीले २०६० सालबाट प्लस टु कार्यक्रम सञ्चालन गरेका हौं । कक्षा ११–१२ मा विज्ञान, व्यवस्थापन, मानविकीमा कानुन विषय प्रारम्भ गरेका छौं । त्यसैगरी, स्नातक तहमा बीएसडब्लु, बीबीएस, बीए र बिसिए जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेको छ भने स्नातकोत्तरमा एमबीएस प्रोग्राम सञ्चालन गरिरहेका छौं ।

कलेजमा छात्रवृत्तिको व्यवस्था छ कि ? 

छात्रवृत्तिको विषयमा हामीले निश्चित प्रक्रिया बनाएका छौं । कुनै भेदभाव छैन । एउटा एसईई र प्लस टू को नतिजाको आधारमा, अर्को आन्तरिक परीक्षामा विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्कका आधारमा छात्रवृत्ति दिने गरेका छौं । त्यसैगरि दलित, गरीब र दुर्गम क्षेत्रका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेका छौं । परीक्षा बोर्डले सिफारिस गरेकासहित करीब दश प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौं । व्यक्तिको पहुँच भन्दा पनि विद्यार्थीको क्षमताको आधारमा हामी छात्रावृत्ति प्रदान गर्छौं ।

कलेजले लिने शुल्क धेरै महङ्गो छ भन्ने सुनिन्छ नि ?

हाम्रो कलेजले त्यस्तो धेरै शुल्क लिएजस्तो मलाई लाग्दैन । महङ्गो शुल्क भएको भए त विद्यार्थी कम हुनु पर्ने हो नि त्यस्तो छैन । समयानुकूल हामीले दिएको सेवा सुविधा अनुसार शुल्क लिन्छौं । तर भद्दा किसिमको ठूला भवन, स्वीमङपुल मात्र देखाएर भन्दा पनि विद्यार्थीको लागि आवश्यक ल्याब, लाइब्रेरीदेखि अन्य अतिरिक्त क्रियाकलापको लागि उपयुक्त सेवा सुविधा अनुसार शुल्क हामीले लिएका छौं । नेपालको खुला अर्थतन्त्र वा खुला बजार छ । मिश्रित आर्थिक प्रणालीबाट खुला आर्थिक प्रणालीमा चलिरहेको नेपालको अर्थनीति कित परिवर्तन गर्नुपर्यो होइन भने शुल्क बढी लियो भन्दा पनि शुल्क अनुसार सेवा सुविधा दिएको छ कि छैन मूल्याङ्कन तथा अनुगमन गरिनु प¥यो । प्रज्ञा हाम्रो उत्कृष्ट शिक्षण शैली र अब्बल नतिजाका आधारमा ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा हाम्रो विद्यँलयले उत्कृष्ट विदमालउ अवार्ड हात पार्यो । यो हामीले २५ वर्षको शैक्षिक यात्रामा हासिल गरेका अर्को उपलब्धि हो । भन्नुको अर्थ के हो भने हाम्रो शिक्षा तल्लो तहदेखि नै अब्बल छ । 

कलेजले के कस्ता भावि योजना  बनाइ रहेको छ ?

त्रिभुवन विश्वविद्यालयबाट  सम्बन्धन लिएर अहिले हामीले दुई वटा कार्यक्रमहरु मात्र संञ्चालनमा ल्याएका छौं ।  अबका शैक्षिक सत्रमा  अन्य कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाइरहेका छौं । हाम्रो लक्ष्य भनेकै सबै तह र वर्गका  विद्यार्थीलाई गुणस्तरीय शिक्षा  प्रदान गर्ने हो त्यसैले अन्य विषय पनि पठनपाठन गराउने गृहकार्यमा  जुटेका छौं ।

A Levels MA
Thuprai - Books and E-books