After SEE Portal

बर्दिवास नगरपालिका विद्यालय पूर्ण भर्नायुक्त स्थानीय तह घोषणा

Bridge Course

बर्दिवास, २ चैत (रासस):  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नखोज्न स्थानीय तहका प्रतिनिधि र शिक्षकसँग आग्रह गर्नुभएको छ । 

आज महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजना गरेको विद्यालय पूर्ण भर्नायुक्त नगर घोषणा कार्यक्रममा मन्त्री पोखरेलले अब प्रमाणपत्र बोक्ने शिक्षा मात्र नभई जीवन निर्वाह गर्न सकिने व्यावसायिक शिक्षाको आवश्यकता बढेको बताउनुभएको हो । 

कार्यक्रममा मन्त्री पोखरेलले विद्यालय जाने उमेरका बालबालिकाको भर्ना मात्र पर्याप्त नहुने बताउँदै उनीहरुलाई विद्यालयमा टिकाउन र पठनपाठनबारे रुचि बढाउनेतर्फ थप पहलकदमीको आवश्यकता औँल्याउनुभयो । 

मन्त्री पोखरेलले नगर प्रमुखसहितका जनप्रतिनिधिसँग प्रश्न गर्दै भन्नुभयो, “विद्यालय पुगेका बालबालिकालाई टिकाइराख्न र उनीहरुलाई पठनपाठनबारे रुचि जगाउने कुरामा के सोच्नुभएको छ ?” 

विद्यालयमा राजनीति खेलो नगर्न सबै पक्षसँग आग्रह गर्दै मन्त्री पोखरेलले अपराधलाई प्रश्रय नदिन र लागुपदार्थ दुव्र्यशनको लतमा बालबालिका नपुगून् भन्नेमा सचेतता अपनाउन अभिभावकसँग आग्रह गर्नुभयो । 

समारोहमा प्रदेश–२ को शिक्षा निर्देशनालयका प्रमुख रमाकान्त शर्माले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको समन्वयात्मक प्रयत्न र आम नागरिकको सकारात्मक चासोको आवश्यकता औँल्याउनुभयो । 

नगर प्रमुख विदुरकुमार कार्कीले अब बालबालिकालाई विद्यालयमा टिकाउन र उनीहरुको पठनपाठनप्रति रुचि बढाउन सकिने उपायबारे प्राप्त हुने सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये विद्यालय पूर्ण भर्नायुक्त घोषणा हुने बर्दिवास नगरपालिका पहिलो बनेको छ । 

A Levels MA
Thuprai - Books and E-books