After SEE Portal

सिरहाका सबै विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्न रोक

Bridge Course

सिरहाजिल्लामा सामाजिक दुर कायम गरी सञ्चालन गर्दै आएका सबै विद्यालयहरु अर्को निर्णय नभए सम्मकालागि बन्द गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। जिल्ला भित्रका सबै विद्यालयलमा तत्काल शैक्षिक संस्था सञ्चालन नगरी विद्यार्थीहरुलाई विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेको समयमाविद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उनले बताए ।

केही दिन अघि सिरहाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । निर्णय अनुसार ती स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी उपस्थित गराई पठन पाठन गराउन थालेपछि यस्तो निर्णय लिनुपरेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

A Levels MA