A Levels MA

विश्वविद्यालय अनुदान अयोगबाट त्रिविको एक विभाग र तीन क्याम्पसलाई गुणस्तर प्रत्यायन प्रमाणपत्र प्रदान

 

विश्वविद्यालय अनुदान अयोगले त्रिभुवन विश्वविद्यालयको एक विभाग र तीन क्याम्पसलाई संयुक्त रुपमा गुणस्तर प्रत्यायन प्रमाणपत्र प्रदान गरेको छ ।

त्रिविको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, पश्चिमाञ्चल क्याम्पस पोखरा र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा र वालिङ बहुमुखी क्याम्पस स्याङ्जालाई संयुुक्त रुपमा गुणस्तर प्रत्यायन प्रमाणपत्र प्रदान गरेको हो ।

सबैलाई आयोगको कार्यलयमा आयोजित औपचारिक कार्यक्रममाप्रमाणपत्र हस्तान्तरण गरिएको आयोगले जानकारी दियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष प्राडा भिमप्रसाद सुवेदीले उच्चशिक्षाको विश्वपरिवेशमा नेपालको उपस्थित कमजोर रहेको बताए । उच्चशिक्षाको भर्नादर बढाउन सम्वन्धित सम्पूर्ण पक्षहरु क्रियाशिल रहनुपर्नेमा उनले ोड दिए ।

गण्डकी प्रदेशका ३ वटा शैक्षिक संस्थाहरुले गुणस्तर प्रत्यायनकृत भएको प्रशंग उल्लेख गर्दै उच्चशिक्षामा गण्डकी प्रदेशको सहभागिता अन्य प्रदेशभन्दा बढी रहेको उनले जानकारी दिए ।

उच्चशिक्षामा प्राविधिक विषय प्रति आकर्षण बढाउनुपर्ने र मुलुक एवम् समुदाय उपयोगी शिक्षामा वढावा दिँदै महिलाहरुलाई उच्चशिक्षामा थप आकर्षित गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा विश्वविद्यालय अनुदान अयोगका सदस्य सचिव प्रा शंकर प्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए । उनले सो मन्त्व्यमाशैक्षिक संस्थाहरु निर्माण गरेर छोडिदिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

गुणस्तर प्रत्यायनकृतका सम्पूर्ण निर्धारण पक्षहरुलाई आत्मसाथ गरी दिगो कार्यान्वयन गरी संस्थालाई मजवुत बनाउन समेत शैक्षिक नेतृत्वहरुलाई सुझाव दिएका थिए ।

गण्डकी प्रदेश सभाका सदस्य मोहन प्रसाद रेग्मीले गण्डकी प्रदेशले उच्चशिक्षाका प्राथमिकता दिँदै सम्पूर्ण उच्चशिक्षाका संस्थाहरुलाई शैक्षिक गुणस्तर कायम गर्न उत्प्रेरित गर्ने बताए ।

यसैगरी आदिवासी जनजाती अयोगका सदस्य रिना रानाले सामुदायिक क्याम्पसहरुको भौतिक पूर्वाधारको पक्ष कमजोर हुुँदा गुुणस्तर प्रत्याययन प्राप्त गर्न कठिनाई भइरहेको भन्दै आंगिक क्याम्पसहरु सँगै सामुदायिक क्याम्पसहरुलाई पनि गुणस्तरको दायरामा ल्याउन विश्वविद्यालय अनुदान आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्राडा शशीधर राम जोशीले इन्जिनियरिङ्ग अध्ययन संस्थानका २ वटा आंगिक क्याम्पसले गुणस्तर प्रत्याययन प्राप्त गरिसकेका र अन्य ४ वटा क्याम्पसहरु पनि गुणस्तर प्रत्यायनको प्रक्रियामा रहेको उल्लेख गरे । प्रमाणपत्रका लागी नभई गुणस्तरको प्रत्याभूती दिलाउन संस्थाले रणनीतिक योजना कार्यान्वयन गर्दै जानुपर्ने उनले धारणा व्यक्त गरे ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा दीपक अर्यालले गुणस्तर प्रत्यायनको प्रमाणपत्र सँगै भौतिक,शैक्षिक एवम् व्यवस्थापकीय सुधारका विभिन्न पक्षहरुलाई कार्यान्वयन गर्दै लैजाने र विभागको प्रभावकारीता अभिवृद्धि गरी अध्यापन र अनुसन्धानमा गुणात्मक परिवर्तन ल्याउन आफुहरु प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरे।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा पश्चिामाञ्चल क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद पौडेल,गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा टंकराज अधिकारी, वालिङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सचितानन्द यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Thuprai - Books and E-books