अख्तियारले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

देशभरका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीका लागि “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” शीर्षकमा खुला निबन्ध प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

आयोगले आफ्नो क्षेत्रीय स्तरमा प्रथम, द्वतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुन माघ २६ गते काठमाडौं राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

आयोगले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रथमलाई रु। २५ हजार, द्वितीय हुने विद्यार्थीलाई रु १५ हजार र तृतीय हुनेलाई रु। १० हजार नगद र प्रतियोगि विद्यार्थी ।र उसको एक जना अभिभावकलाई आउन जान लाग्ने बसभाडा र अन्य खर्च आयोगले प्रदान गर्ने सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

आयोगले माघ २६ गते संचालन हुने राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगितामा विद्यार्थी स्वयं उपस्थित भई सहभागी हुनुपर्ने सूचनामा उल्लेख गरेको छ । निबन्ध लेखनको समय ३ घण्टा तोकेको छ । प्रतियोगिताका सहभागी विद्यार्थीले खदुई हजार देखि तीन हजार शव्दमा नबढाई निबन्ध लेख्नुपर्ने छ ।

निबन्ध नेपाली भाषामा लेखिएको हुनुपर्ने, इच्छुक विद्यार्थीले आफूले लेखेको निबन्ध साथ आफ्नो नाम थर, ठेगाना, विद्यालयको नाम र ठेगाना, अध्ययनरत कक्षा र सम्पर्क फोन नम्बर उल्लेख गरी विद्यालयबाट आयोगको कार्यालयलाई सम्बोधन गरी लेखिएको सिफारिस पत्र समेत संलग्न गरी आयोगको सम्बन्धित कार्यालयमा पठाउनुपर्ने सूचनामा उल्लेख गरेको छ । तियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले आफूले लेखेको निबन्ध पुस ३० गतेसम्म सम्बन्धित कार्यालयमा आइपुग्ने गरी पठाउन सूचित गरेको छ ।

आयोगको मातहत कार्यालयमा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रथमलाई रु. १२ हजार, द्वितीयलाई रु. ९ हजार र तृतीयलाई रु. ७ हजार ५०० र सान्त्वनालाई रु. ५ हजार २ जनालाई प्रदान गर्ने भएको छ ।

आयोगका कार्यालयहरूमा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम भएका विद्यार्थीहरूलाई समावेश गरी माघ २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता संचालन गर्ने भएको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal