A Levels MA

कक्षा १२को परीक्षा सञ्चालनका विधिहरूबारे प्रकाशित समाचार प्रति बोर्डको ध्यानाकर्षण

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले केही सञ्चार माध्यमहरूले आफूखुशी परीक्षा सञ्चालनका विधिहरूबारे काल्पनिक समाचार सम्प्रेषण गरेकोले त्यसप्रति परीक्षा नियन्त्रण कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परीक्षा नियन्त्रकद्वारा जारी गरिएको विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ का कारण कक्षा १२ को परीक्षा हालसम्म स्थगित अवस्थामा रहेको र बोर्डले परीक्षा सञ्चालनको लागि हालसम्म कुनै निर्णय नगरेको हुँदा काल्पिनिक समाचारले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

बोर्डले यस प्रकारका भ्रामक समाचारमा विश्वास नगर्न सम्बद्ध सबै सरोकारवालाहरूमा हार्दिक अपिल समेत गरेको छ । ‘विद्यार्थी मूल्याङ्कनका विभिन्न विधिहरू हुन सक्छन् , त्यसतर्फ छलफल चलिरहेको छ । परीक्षा सञ्चालन गर्ने अवस्थामा बोर्डको आधिकारिक निर्णयसहितको परीक्षा कार्यतालिका समेत सार्वजनिक सञ्चार माध्यम मार्फत प्रकाशित हुने नै छ । अतः भ्रम सिर्जना हुने गरी कुनै पनि समाचार एवं टिप्पणीहरू प्रकाशन नगरिदिनुहुन समेत सम्पूर्ण सञ्चार माध्यमहरूलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

बुधबार  विभिन्न सञ्चारमाध्यममा १२ कक्षाको परीक्षामा  बोर्डले कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको समाचार सम्प्रेषण  गरेका थिए ।

 

Thuprai - Books and E-books