After SEE Portal

सरकारको लाचारिपन प्रति नेपाल शिक्षक सङ्घको ध्यानाकर्षण

Bridge Course

नेपाल शिक्षक सङ्घले सरकारले नै कोभिड १९ को संक्रमणका कारण शिक्षक विद्यार्थी तथा आम समुदाय भइरहेको समयमा सरकारले देखाएको लाचारीपन प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिलाई सुधार गर्नका लागि पहलकदमी लिने र सक्रियतापूर्वक नियन्त्रणमा राख्ने जिम्मेवारी बहन गर्नुको सट्टा सन्त्रास फैल्याएको भन्दै आपत्ति जनाएको छ ।

उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिने पहल गर्नुको सट्टा सरकार नै अस्पतालहरु बिरामीले भरिएको, बेडको अभाव रहेको, आईसीयु र भेन्टिलेटरको व्यवस्था गर्न नसकिएको जस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्तिमार्फत लाचारी प्रस्तुत गर्दै झनै सन्त्रास फैलाउने काम गरेकोप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

संघले विगतमा गरेको अनुरोध र आग्रहलाई बेवास्ता गर्दै नेपाली शिक्षक, कर्मचारी र विद्यार्थीहरुमाथि राज्यपक्षबाट गरिएको विभेदपूर्ण र गैरजिम्मेवार व्यवहारका कारण आज मुलुकभरका शिक्षक तथा विद्यार्थीहरु ठूलो संख्यामा कोभिड १९ बाट संक्रमित र हताहती भइरहेको जनाएको छ।

राज्यको उक्त गैरजिम्मेवार व्यवहारका प्रति दःखका साथ खेद व्यक्त गर्दै तत्काल शिक्षक, विद्यार्थी एवं समस्त नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूत हुने गरी कार्य सम्पादनमा जुट्नका लागि संघले सरकारलाई अनुरोध गरेको छ ।

शिक्षक तथा विद्यार्थीहरुलाई तत्काल कोरोनाविरुद्धको खोपको प्रबन्ध, बिमा सेवाको उपलब्धता र निःशुल्क उपचारको प्रबन्ध गर्न समेत संघले माग गरेको छ । साथै कोरोनाका कारण मृत्यु भएका शिक्षक कर्मचारीका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books