शिक्षक नियुक्ति र सरुवामा अनियमितता गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि आक्रमण

शिक्षक नियुक्ति, सरुवा, बढुवा अन्तर जिल्ला मिलान लगायत नगरको शैक्षिक कार्यमा भ्रष्टाचार गरेको भन्दै बर्दियाको मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई कालोमसो दलिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भनिने नेकपा माओवादी विप्लवका कार्यकर्ताहरूले  प्रमुखलाई कालोमोसाकालोमसो दलेका हुन।

नगरपालिका शिक्षा प्रमुख नारायण प्रसाद खनाललाई कारवाही गर्नुको कारण खुलाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरि प्याकुरेको हस्ताक्षर गरेको  रहेको पत्र सार्वजनिक गरेका छन् ।

‘शिक्षक नियुक्ती, सरुवा, बढुवा, जिल्ला मिलानमा भ्रष्टाचार गरेको, साउन २६ गते शुक्र माध्यामिक विद्यालयमा सामाजिक विषयको शिक्षक नियुक्ति गर्दा दक्ष व्यक्ति हुँदाहुँदै आफ्नै श्रीमतीको नाम निकालेको, प्रश्न पत्र निकाल्दा विद्यालयको कम्प्युटर शिक्षकले गर्नुपर्नेमा शिक्षा शाखामा प्रश्नपत्र टाइपिङ गरेको र विशेषज्ञको प्रश्नपत्र भन्दा फरक गरिएको, उत्तर पुस्तिकामा कोडिङ डिकोडिङ नगरिएको र उत्तर पुस्तिका परिवर्तन गर्ने वातावरण मिलाइएको साथै परीक्षार्थीको हाजिरी नगरीएको, शिक्षक नियुक्ती नै नगरी ऐनविपरीत सरुवा गरेको, शिक्षा शाखाबाट विद्यालयमा बजेट विनियोजन गर्दा कमिशन केन्द्रित गरेको’ सूचनामा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal